Header Ads


कुशे औँसी र बाबुुको मुख हेर्ने दिन

 हिन्दू धर्मावलम्बीहरूले कुशलाई घरघरमा भित्रयाउने दिनका रूपमा मनाइने कुशे औँसी  देशभर मनाइँदै छ । प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्रयाउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने चलन छ ।

कुशलाई देवकार्य तथा पितृकार्यमा खोख्याउन प्रयोग गरिने पवित्र वनस्पतिका रुपमा लिइन्छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा पनि पूजिन्छ ।

कुशलाई खुट्टाले कुल्चिएमा सम्मान स्वरुप ढोग्ने प्रचलन पनि छ । शास्त्रीय मान्यताअनुसार हिन्दू पुजारीहरुले बिभिन्न प्रकारका पूजामा मन्त्रोच्चारण गरी कुश समाउने चलन छ ।

वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पुर्‍याउने र कुश लैजाने पुरोहित वा ब्राहृमणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ । त्यसो त मरेको मान्छेको लास नपाए देखि कुशलाई बेरेर सतीगती गर्ने परम्परा अहिले पनि कायमै छ ।

हिन्दू धर्मावलम्बीहरूले जस्तो सुकै पूजामा पनि कुशको विशेष प्रकारको औँठी लगाउने गर्दछन् । अझ भन्ने हो भने हिन्दू धर्मावलम्बीहरूको पूजामा कुश र गौमुत अनिवार्य जस्तै हो ।

कुशे औँसीका दिन छोराछोरीले बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर उपहार दिएर सम्मान आदर प्रकट पनि गरिन्छ ।

No comments

Powered by Blogger.