Header Ads


राप्ति किनारमा वालकको शव भेटियो

हेटौँडा,१५ भदौ
हेटौँडा १ स्थित राप्ति किनारमा एक वालक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाए अनुसार हिसो भदौ १३ गतेबाट हराएका नामटार ४ घर भई हाल हेटौँडाको चौकिटोल बस्दै आएका १३ वर्षका विजय वर्तौला मृत फेला परेका
हुन् ।
हिजो साथीहरुसँग खेल्नको लागि राप्ति किनार पुगेका वालक बेपत्ता भएको र आज उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । वालकको खोलामा डुबेर या अन्य कारणले मृत्यु भएको भन्ने वारे अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।

No comments

Powered by Blogger.