Header Ads


रिहा भए क्रान्तिकारी जिल्ला सचिव शाही

हेटौँडा,१५ भदौ
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला सचिव प्रेम शाही रिहा भएका छन् । गत श्रावढा ३१ गते मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यलाई कालोमसो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको शाहीलाई आज जिल्ला प्रशासन कार्यालयले १२ हजार धरौटीमा रिहा गरेको अखिल क्रान्तिकारी मकवानपुरका इन्चार्ज प्रल्हाद गौतमले  जानकारी दिए ।शाही फक्राउको विरोधमा  अखिल क्रान्तिकारीले  भदौ १६ र १७ गते जिल्लाका सम्पूर्ण शैक्षिक सस्था हड्ताल गर्ने कार्यक्रम सार्वजनिक गरेको भोलिपल्टै  प्रशासनले शाहिलाई रिहा गरेको हो । शाहीलाई रिहा नगरे थप आन्दोलन गरिने चेतावनी क्रान्तिकारीले दिएको थियो । रिहाको समयमा उनलाई गौतम सहित विप्लव माओवादीका नेताहरु ज्वाला र गोकुल दाहाल सहितका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।


No comments

Powered by Blogger.