सलमानको बहिनीको घरमा लाखौंको चोरी
भदौ ८
मुम्बई – बलिउड अभिनेता सलमान खानको बहिनी अर्पिता को घरमा करिब ५ लाख रुपैयाँ बराबरको चोरी भएको छ । अर्पिता आफ्नो पति आयुषसँग बान्द्रामा रहेको प्यासिफिक अपार्टमेन्टमा बस्दै आएकी थिइन् । अर्पिताको तर्फबाट खार प्रहरी थानामा चोरीको मामिला दर्ता गरिएको छ ।
प्रहरीका अनुसार जब उनीहरुको फ्लायटमा चोरी भयो, अर्पिता र उनको पति छुट्टी मनाउन गएका थिए । गत २१ अगस्तमा घर फर्किएपछि मात्र उनीहरुलाई चोरीको बारेमा थाहा भयो ।
प्रहरीले यस मामिलामा घरमा काम गर्ने महिलालाई हिरासतमा लिएको छ । अफसा नाम गरेकी ती महिला उनीहरुसँगै बस्थिन् ।
प्रहरीका अनुसार परिवारले अर्को एक काम गर्ने माथि पनि चोरीको आशंका गरेको छ । उनीहरुमध्ये एक काम गर्ने गत ३० जुलाई देखि सम्पर्क बाहिर छन् ।
घरबाट २।२५ लाख भारु नगदको साथै एक तोला सुनको सिक्का र कपडा चोरी भएको छ ।
अर्पिताको सन् २०१४ को नेभेम्बरमा हिमाञ्चल प्रदेशका आयुष शर्मासँग विवाह भएको थियो । गत मार्च अर्पिताले छोरालाई जन्म दिएकी थिइन् ।

No comments