Header Ads


दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप पुस १४ देखी

हेटौँडा,२२ साउन
 सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा २०७३ पुस १४ गतेबाट हेटौँडामा दोश्रो अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो पुस १४ गतेबाट २३ गतेसम्म हुने जनाएको हो ।
प्त्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले यो वर्ष प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाउने बताए ।  क्लब सहभागिताकाको विषयमा प्रतिक्रिया दिदै अध्यक्ष खड्गीले हेटौँडाको विजय युथ क्लबले मोफसलकै सर्वाधिक पुरस्कार रहेको सिमरा गोल्डकपमा विजयी भएको कारण यो वर्ष मकवानपुरको प्रतिनिधित्व गर्दै विजय युथ क्लब सहभागि हुन लागेको बताए ।प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मनाङ मस्र्याङदी सहित नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र पुलिसको एपिएफ, झापा ११ तथा भारत, भुटान र बंगालादेश सहित हेटौँडाको विजय युथ क्लबको सहभागिता रहने जनाईएको छ ।
प्रतियोगिताको विजयी टीमले यो वर्षबाट ५ लाख नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले ३ लाख नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशीले मकवानपुरे खेल क्षेत्रलाई आफ्नौ सदैब साथ तथा सहयोग जारी रहने बताए । कार्यक्रममा बोल्दै एमाले मकवानपुरका नेता तथा जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष हरिबहादुर महतले खेल क्षेत्रको विकासको लागि सबै मकवानपुरे एक भएर लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका माइकल रामचन्द्र अर्याल, पत्रकार प्रताप विष्ट, जिल्ला खेलकुद विकास समिती मकवानपुरका अध्यक्ष माधव तिमल्सिना लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । प्रतियोगिताको आयोजनाको लागि ५० लाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।

No comments

Powered by Blogger.