Header Ads


प्रचण्डको भारत भ्रमणको तयारी गर्न विशेष दूतको रुपमा भारत जादै निधि

साउन २७
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी गर्न र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्ता दिन आफू प्रधानमन्त्रीको विशेष दूतका रुपमा भारत जाने बताएका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले विहिवार अपरान्ह गृह मन्त्रालयमा संचारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएकाले प्रधानमन्त्रीको भ्रमणको तयारी नै आफ्नो भारत
उनले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आग्रह गर्ने र दुई मुलुकको सम्बन्ध प्रगाढ बनाउनका लागि राजनीतिक नेतृत्वसँग छलफल गर्ने पनि बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले सीमांकन हेरफेर, राष्ट्रिय सभामा प्रतिनिधित्व र नागरिकताका विषयमा मधेशवादी दलहरुका माग सम्बोधनका लागि डेढ महिनाभित्र संविधान संशोधन विधेयक संसद्मा लगिसक्ने बताए । उनले विधेयकको गृहकार्यका लागि सरकारले छिट्टै मधेशी मोर्चा, संघीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्ने बताए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सहिद् घोषणा गर्ने सम्बन्धमा गृह मन्त्रालयले आगामी आइतबार मोर्चासँग छलफलको कार्यक्रम राखेको जानकारी दिए । उनले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाउन तीन चार दिन लाग्ने बताए ।
भ्रमणको मुख्य एजेण्डा भएको बताए ।

No comments

Powered by Blogger.