Header Ads


कविता: मन र बर्षा

समा श्री
कवयित्री: समा श्री
केही धुम्मिएको आकाश केही बादल फुस्रा फुस्रा
कतै तातो न्यानो छुवाइ
र त कतै केही पग्लि दिन्छ
र झरिदिन्छ
बुँद बुँदमा
आँखाहरू
के हो त्यो व्योममा
कस्तो हो त्यो व्योममा
अलिकति तातोले पनि छुन नहुने
अलिकति मायाले पनि छुन नहुने
यसै यसै पग्लि दिन्छ
र झरिदिन्छ
बुँद बुँदमा
आँखाहरू
साँच्चै आँखामा
कस्तो मृगतृष्णा व्याप्त छ
कस्तो प्यास लहराएको छ
कस्तो चाह छाएको छ
कस्तो तृप्ती चाहेको छ
यो कस्तोको जवाफ
अलिकति पनि दिन नहुने
अलिकति पनि बुझ्न नहुने
यसै यसै उद्वेलित हुन्छ
र झरिदिन्छ
बुँद बुँदमा
आँखाहरू
चुहिने मन झर्ने मन
बर्षने मन भिज्ने मन
यो वर्षा यो उपक्रम
सधैँ सधैँ
यस्तै यस्तै भइरहन्छ
र झरिदिन्छ
बुँद बुँदमा
आँखाहरू |
..

pearlstjournal.com बाट साभार

1 comment:

  1. प्रकृति र जिवन को तादात्म्यता ...

    ReplyDelete

Powered by Blogger.