Header Ads


केटीको विषयमा ग्याङफाइट हुँदा एक युवाको ज्यान गयो

 १६ साउन
       साउन–युवतीको विषयमा भएको ग्याङफाइटमा काठमाडौं क्षेत्रपाटीमा एक युवाको ज्यान गएको छ । महानगरिय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार १८ वर्षीय सुसान्त श्रेष्ठको मृत्यु भएको हो । फाइटमा घाइते भएका उनको काठमाडौं अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
      झगडामा संलग्न अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहास थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल रहेका छन् । प्रहरीले अन्य ८ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको बताएको छ ।

No comments

Powered by Blogger.