Header Ads


हेटौँडामा पहिलो पटक मिस नेवा नारायणी हुने

हेटौँडा,१२ साउन
नेवा सास्कृतिक पुचःको आयोजनामा हेटौँडामा पहिलो पटक मिस नेवा नारायणी हुने भएको छ । पुचले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि मिस नेवा नारायणी हुने जानकारी दिएको हो । कार्यक्रमबारे जानकारी दिँदै नेवा सास्कृतिक पुचका अध्यक्ष विष्णुगोपाल महर्जनले नेवा सास्कृतिकको संरक्षण तथा प्रचारको लागि मिस नेवा नारायणीको आयोजना गर्न लागिएको बताए ।  एसएलसी पास भएका १६ वर्षबाट २२ वर्षसम्मका नेवार युवतीहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा आजैबाट ‘रजिष्टेसन’ खुलेको पत्रकार सम्मेलनमा जनाईएको छ ।

प्रतियोगितालाई रविन्द्र बज्रचार्यले कोरियोग्राफि गर्ने जनाईएको छ भने पूर्व मिस नेपालहरु उषा खड्गी, मलिना जोशी, कलाकार महेश शाक्य‘कर्मा’ र अस्मिना नकर्मीले निर्णायकको भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले ३० हजार नगद सहित चलचित्रमा खेल्ने अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी फस्ट रनरअपलाई २० हजार तथा सेकेन्ड रनरअपलाई १० हजार नगद पुरस्कार दिईने जनाईएको छ । कार्यक्रमको अडिसन भदौ ५ गतेबाट सुरु हुने र चितवन, विरगञ्ज, चन्द्रनिगहापुर सहितको क्षेत्रमा हुने आयोजकको भनाई रहेको छ । प्रतियोगितामा सहभागि हुनेहरुले १० हजार ५ सय रजिष्टेसन शुल्क बुझाउनु पर्ने आयोजकको भनाई रहेको छ । उनीहरुले प्रतियोगितामा सहभागिता जनाएपछि करिब ४५ दिनको तालिम तथा विभिन्न क्षेत्रको भ्रमणको समेत अवसर प्राप्त गर्ने जनाईएको छ ।।

No comments

Powered by Blogger.