डिडिसी आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी
हेटौँडा, ११ साउन
दुग्ध विकास संस्थान ( डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो ।
आपूर्ति
व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल
विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप
गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।
क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि डिडिसीलाई पत्राचार गरिएको जानकारी दिनुभयो । यस्तो कमी फेला परेपछि क्षेत्रीय कार्यालयले आजै अनुगमन गरिने प्रमुख यादवले बताए । –रासस

No comments