Header Ads


२५ मिटरको विरोधमा भोली हेटौँडा बन्दको घोषणा

हेटौँडा,२ माघ हेटौँडा बसोबास संरक्षण समितिले भोली हेटौँडा बन्दको घोषणा गरेको छ । डिभिजन सडक कार्यालय हेटौँडा हेटौँले जनतालाई सुकुम्वासी बनाउन खोजको भन्दै बसोबास संरक्षण समितिले बन्द तथा संघर्षको कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै हेटौँडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले जनतालाई सुकुम्वासी बनाउने गरि सरकारले डोजर लगाउने तयारी गरेको भन्दै बन्दको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । २ हजार घरमा रहेको ५ हजार ब्यवसायीहरुलाई विस्थापित गर्ने तथा हजारौ नागरिकलाई सुकुम्वासी बनाउनेगरि सडक डिभिजनले काम गर्न लागेको भन्दै समितिले यो कामको प्रतिरोध गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संयोजक न्यौपानेले राज्यले विकल्पको रुपमा वाईपासलाई प्रयोग गरि सहर जोगाउनको लागि आग्रह गरेका छन् । भोली बिहानैबाट बन्दको कार्यक्रम सुरु हुने, विहान ११ बजेबाट र्यालीको आयोजना हुने र दिउँस १ बजेबाट २ बजेसम्म यातायात बन्द हुने समितिले जनाएको छ ।

No comments

Powered by Blogger.