Header Ads


कागतीको बोक्राले अनुहार गोरो हुन्छ, यस्तो छ यसको १० प्रयोग

साधारणतया कागतीको बोक्रालाई फ्याकिन्छ । तर यो छालाको लागि थुप्रै प्रकारले फाइदाजनक हुने कुरा तपाईंमध्ये धेरैलाई थाहा छैन होला । यसका साथै कागतीको बोक्रा सफाइको लागि पनि प्रयोग गर्न सकिन्छ । कागतीको बोक्रालाई घाममा सुकाउनुहोस् र यसको पाउडर प्रयोग गर्न सक्नुहुन्छ । हामी कागतीको बोक्राका १० प्रयोग बारे बताउँदै छौं । कागतीको बोक्रलाई पिसेर दुधमा मिसाउनुहोस् । यो पेस्टलाई अनुहार वा अन्य भागमा लगाउनुहोस् । यसो गर्दा छाला गोरो र चम्किलो हुन्छ । कागतीको बोक्रालाई जुत्तामा रगड्नुहोस् र केही बेर घाममा सुकाउनुहोस् । यसो गर्दा जुत्तामा चमक आउँछ । फ्रिजमा कागतीको बोक्रा राख्दा यो गन्हाउँदैन । यसले फ्रिजमा खानाको गन्धलाई हटाउन मद्दत गर्दछ । कागतीको बोक्रालाई मसिनो गरेर काट्नुहोस् । यसमा दुध, जैतुनको तेल र कागतीको रस मिसाएर खुट्टाको फुटेको कुर्कुच्चालाई सफा गर्नहोस् । कागतीको बोक्रालाई सुकाउनुहोस् र पिस्नुहोस् । यो पेस्टमा गुलाब जल मिसाएर स्क्रबको रुपमा प्रयोग गर्नुहोस् । कागतीको बोक्रामा बेकिङ सोडा मिसाएर सिसाको झ्याल र ढोकाको सफाई निकै सजिलै गर्न सक्नुहुन्छ । जहाँ कमिला आइरहेका छन्, त्यहाँ कागतीको बोक्रा रगड्दा कमिला आउन बन्द हुन्छ । चियादानीमा कागतीको बोक्रा, बरफ र नुन हालेर सफा गर्नुहोस् । यसो गर्दा चियादानी चम्कनेछ । कागतीको बोक्रामा आधा चम्चा बेकिङ सोडा हाल्नुहोस् र कुहिनामा रगड्नुहोस् । यसले कुहिनाको मयल निकाल्न सहयोग गर्दछ । कपडामा लागेको दाग हटाउनका लागि कागतीको बोक्राले दागमाथि रगड्नुहोस् र यसलाई रातभरी सुक्न दिनुहोस् । बिहानसम्म दाग सफा रहन्छ ।

No comments

Powered by Blogger.