Header Ads


सांसद गणेश थापाको पहलमा नामटारबासीलाई एम्बुलेन्स हस्तान्तरण

मङ्सिर १९
मकवानपुरको नामटारका स्थानिय वासिन्दाहरु बिरामी परेमा अस्पताल सम्म ल्याउनका लागि सजिलो होस भन्ने हेतुले आज एक एम्बुलेन्स हस्तान्तरण गरिएको छ । राप्रपाका केन्द्रीय सदस्य तथा सांसद गणेश थापाको पहलमा मकवानपुरको क्षेत्र नामटार ९ मा आज एक समारोहका बिच एम्बुलेन्स हस्तान्तरण गरिएको  हो ।
बिशेषगरी जिल्लाको नामटार, भार्ता, कालिकाटार, भैसे लगायतका गाबिसका वासिन्दाहरु बिरामी परेमा स्वास्थ्य संस्थामा तत्काल उपचार गर्नका लागि लैजान सजिलो होस भन्ने उदेस्यले एम्बुलेन्स हस्तान्तरण गरिएको सांसद थापाले बताउनुभयो । थापाले मकवानपुरको राईगाउँमा एसअघी एमुलेन्स हस्तान्तरण गर्नुभएको थियो । पाँच वटा एमुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम अनुसार यो दोसूो पटक एमुलेन्स हस्तान्तरण गरिएको सांसद थापाले बताउनुभयो । अब तीन वटा एम्बुलेन्स हस्तान्तरण हुँर्दै छ । बिकट गाबिका नागरिकलाई स्वास्थ्य संस्था सम्म आउनका लागि समस्या भोग्नुपरेको जनगुनासो आएपछी एमुलेन्स बितरण गर्ने अभियान सुरु गरिएको हो । थापाले आफ्नो पहलमा हिमालयन बैंकको सहयोगमा स्थानीय स्वास्थ्य सेवालाई सहज बनाउनको लागि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नामटार ९ मा रहेको प्रेम सेवा समाजद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य क्लिनिककलाई एम्बुलेन्स सञ्चालन गर्न हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद थापाले नागरिकको लागि स्वास्थ्यमा सहजता प्रदान गर्न एम्बुलेन्स हस्तान्तरण गरेको बताउनुभयो । समयमानै स्वास्थ्य सेवा नपुग्दा ज्यान जाने खतराबाट मुक्त गराउन एम्बुलेन्सले सहयोग गर्ने उहाँको भनाई रहेको छ । अबको राजनीतिक विकासको राजनीति रहेको भन्दै थापाले विकासमा प्रतिस्पर्धा गर्नको लागि सबैलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा थापाले एम्बुलेन्स सञ्चालनको लागि एक लाख रुपैँया तथा राप्रपा मकवानपुरका जिल्ला सदस्य रामबहादुर थोकरले ५० हजार रुपैँयाको अक्षकोषको लागि रकम सहयोग गरेका छन । समाजका अध्यक्ष विरबहादुर सिंतानको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा का केन्द्रीय सदस्य नवराज विष्ट, नेताहरु सिताराम बर्तौला, पार्टीका मकवानपुरका कार्यबाहक अध्यक्ष शिबराम थापा, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, जिल्ला प्रवक्ता सुन्दर विक्रम शाही, युवा नेता अर्जुन ढुङ्गाना लगाएतको आतिथ्यता रहेको थियो । 
 

No comments

Powered by Blogger.