Header Ads


किन हारिन् हिलारीले र कसरी भयो ट्रम्पको जित ?

एजेन्सि
विश्वलाई आश्चर्यमा पार्दै अमेरिकी अर्बपति उद्योगी ब्यापारी डोनाल्ड ट्रम्प अमेरिकाकाको ४५ औं राष्ट्रपति बन्न पुगेका छन् । जब उनले २०१५ मा अमेरिकी राष्ट्रपति पदका लागि लड्ने घोषण गरे तब उनी प्राइमरीमा विजयी भएर रिपब्लिकन पार्टीको नोमोनिसनसम्म पुग्न सक्छन् भनेर कसैले कल्पनासम्म पनि गरेको थिएन । नोमोनिसनसम्म पुगे पनि यौन उत्पीडनको आरोप तथा अन्य विवादका कारण अनुभवि हिलारी क्लिन्टनका सामु ट्रम्पले जित्ने आशा गरिएको थिएन । तर ठिक उल्टो भयो । उनको जितका लागि विभिन्न कारणहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औंल्याएका छन् ।
ति कारण यस्ता छन् ।
१ ट्रम्पको जितको लागि एक प्रमुख कारण मध्यपश्चिम राज्यहरुका मध्यम वर्गिय गोरा अमेरिकीहरु जो परम्परागत रुपमा डेमोक्रेटिक पार्टीको समर्थन गर्दै आएका थिए । उनीहरु अमेरिकी संस्थापनबाट आशा मारेर डेमोक्रेटिक पार्टी छाडेर अर्को तर्फ लागे ।
२ चुनाव अभियान अवधिभर ट्रम्प बिभिन्न प्रकारका विवादमा घेरिरहे । तैपनि उनले सामना गरे र उनी यसबाट चाँडै बाहिर आउन सफल भए । उनले विवादको वास्तै गरेनन् ।
३ उनी सफल हुनुको अर्को कारणको रुपमा उनले समातेको राजनीतिको फरक बाटो जो परम्परागत भन्दा फरक थियो । उनले डेमोक्रेटिक तथा आफ्नै पार्टीभित्रको शक्तिसँग पनि लडेर सबैलाई हराएर देखाए ।
४ ट्रम्पले चुनाव जित्नुमा हिलारी क्लिन्टनको निजी इमेल सर्भर प्रयोगसम्वन्धी फेरि जाँच गर्ने एफबीआईका निर्देशक जेम्स कोमीको निर्णय पनि कारक रहेको बिश्लेषण गरिएको छ ।
५ ट्रम्पको अहिलेसम्मको सबैभन्दा अनौठो र अलग किसिमको चुनाव प्रचार अभियानले उनल सफल बनाएको विश्वास गरिएको छ । उनले सर्वेक्षणभन्दा राम्रो रणनीति अपनाए । घरघर जानुको साटो विशाल र्यालीहरुमा दाउ लगाए ।
हिलारीको हारका कारण भने यसरी विश्लेषण गरिएको छ ।
१ राष्ट्रपति बाराक ओबामाको पुरानो गठबन्धन कायम गर्न नसक्नु ।
२ अफ्रिकी मुलका अमेरिकन, ल्याटिनो र युवा समूदाय ठूलो संख्यामा मतदाताहरू हिलारीलाई मतदान गर्न घरबाट ननिस्किनु ।
३ जित्ने निश्चित मानिएको विस्कनसिन, पेन्सिलभेनिया र मिचेगन जस्ता राज्यमा पनि हार्नु ।
४ लक्षित गरेका समुदायबाट ओबामाले पाएजति समर्थन हिलारीले नपाउनु । हिलारीले ओबामाका ९३ प्रतिशतको तुलनामा ८८ प्रतिशत अफ्रिकन–अमेरिकन समुदायको भोट प्राप्त गर्नु । ओबामाले पाएको ७१ प्रतिशत ल्याटिनो मत तुलनामा हिलारीले अहिले ६५ प्रतिशत मात्र मत प्राप्त गर्नु । ओबामाले पाएको  ६० प्रतिशतको तुलनामा हिलारीले १८ देखि २९ वर्ष उमेर समूहबाट ५४ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु ।
५ अफ्रिकन–अमेरिकन र ल्याटिनो समुदायले हिलारीलाई मत दिन ओबामाको विशेष आग्रह वास्ता नगर्नु ।
६ अफ्रिकन–अमेरिकन समुदायबाट मतदान गर्नेको संख्या सन् २०१२ मा १३ प्रतिशत को तुलनामा अहिले १२ प्रतिशतमा झर्नु ।
७  हिलारीले ओबामाको तुलनामा अमेरिकी गोराहरुको भोट पनि कम प्राप्त गर्नु  । सन् २०१२ मा ओबामाले ३९ प्रतिशत पाएकोमा हिलारीले ३७ प्रतिशत मात्र प्राप्त गर्नु ।
८ सन् २०१२ मा ७३ प्रतिशत एसियनले ओबामालाई समर्थन गरेकोमा हिलारीलाई ६५ प्रतिशतले मात्र दिए ।
९ ओबामाले ५५ प्रतिशत महिलाको मत पाकोमा हिलारीले ५४ प्रतिशत महिलाको मत प्राप्त गर्नु ।   –एजेन्सि

No comments

Powered by Blogger.