सचेत रहौ, मकवानपुरका ६३ जनामा देखियो डेंगुको संक्रमण
हेटौंडा,३० कात्तिक
देशभरमा डेंगुको सक्रमण बढेको समयमा मकवानपुरमा पनि ६३ जनामा डेंगुको संक्रमण देखिएको छ । लामखुट्टेको टोकाईबाट हुने संक्रमण बढदै गएपछि मकवानपुर प्रभावित हुँदै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले जनाए अनुसार २३ जनाले जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा रगत परीक्षण गराउँदा संक्रमण फेला परेको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शशिकान्त सिंहका अनुसार ३२ जनाले मकवानपुर सहकारी अस्पतालमा रगत परीक्षण गर्दा डेंगुको संक्रमण भेटिएको उनले जानकारी दिए । संगम प्याथोलोजी र हेडम्बा प्याथोलोजीमा तीन(तीनजना र एडभान्स प्याथोलोजी सेन्टरमा रगत परीक्षण गराएका दुईजनामा संक्रमण भेटिएको सिंहले जानकारी दिए ।
डेंगुको संक्रमण बढेपछि कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । ‘डेंगुका विषाणुद्वारा संक्रमित एडिस एडिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छु, सिंहले भने, ‘ज्वरो आउने, शरीर दुख्ने, ढाडजोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा रातो बिँमिरा आउनेजस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउनुपर्छ ।
डेंगुको महामारी नियन्त्रण र रोगको निदान गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले हेटौंडा अस्पतालमा निःशुल्क रगत परीक्षणको व्यवस्था गरेको छ । हेटौंडा उपमहानगरपालिकाले डेंगुबाट सावधानी अपनाउन आग्रह गर्दै बजारक्षेत्रमा माइकिङसमेत गरिरहेको छ । डेगुको कारण मकवानपुरमा समेत एक जनाको ज्यान गइसकेको जनाईएको छ ।

No comments