किन दशैंमा जमरा नै लगाइन्छ ?
दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने जौ, धान, गहूँ र मकैका लामा आँकुरा । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौ, धान, गहुँ र मकै छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीमा रहेको पाईन्छ । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरुमा यो परम्परा पाइदैन । वर्ष दिनसम्म घरबाट टाढा भएका व्यक्तिहरु पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरुले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गर्दछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा एवं महत्व रहेको छ । शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र (बडादशैं) को पहिलो दिन दशैं घरमा घटस्थापना गरी त्यस घरमा गोवरले रेखा बनाई जौ छर्ने गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जमरा छर्ने गरिन्छ ।
विभिन्न जातजातिमा धान, गहुँ, मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरी भगवती दुर्गाका नौ स्वरुपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरुपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ– नवदुर्गा भन्नाले शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धीरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरुमा बराहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।
यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दसैंमा किन प्रसाद स्वरुप जौको अङकुर जमरा लगाइन्छ त ? के महत्व छ त जमराको ? जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रुप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रुपमा लिइएको छ ।
यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरुमा म जौ हुँ भनेर भनेको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम्ती रहेको छैन । आयुर्वे्दिक ग्रन्थमा जौ र जौको अङकुरबाट गर्न सकिने उपचारको विधि उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरुले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरुलाई ज्यादै फाइदा पु¥याउछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने तर्क वैज्ञानिकहरुले गरेका छन् ।
भारतमा चिकित्सकहरुले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुलाई समेत फाइदा पु¥याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरु नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङकुरलाई विजयादशमीको प्रसादको रुपमा प्रयोगमा ल्याइएको हो ।
यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्ययपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा.आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङकुरमा पाइने तत्व तुलनात्मक रुपमा धेरै नै बढी छ । अमेरिकाका अन्य विशेषज्ञहरुले पनि जमरालाई प्रयोगको रुपमा सफलता पाइरहेका छन् ।

No comments