ग्लोबल आईएमईको छात्रवृत्ति आवेदन
कात्तिक ४,
आर्ईएमइ लिमिटेड र ग्लोबल आईएमई बैंकले हिसान र प्याबसनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृतिु का लागि आवेदन आह्वान गरेको छ ।
उक्त छात्रवृत्तिअन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायिक विद्यालयमा कक्षा एक देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न, जेहेन्दार तथा मेधावी विधार्थीबाट प्राप्त हुने आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ ।
आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सयजना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । ईच्छुक विधार्थीले संस्थाको वेभसाईट एवम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई वर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्वन्धित विधालयका प्रधानाध्यापकको सिफारिससहित कार्तिक ३०सम्म बुझाउँनु पर्नेछ । विधार्थीले पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरमार्फत् फारम भर्न सक्ने वा ईमेलमार्फत पठाउन सक्ने बैंकले जनाएको छ ।

No comments