यस्तो भैंसीको बनाइन्छ बफ मःम
खसी, राँगा, बंगुर, कुखुराआदिको मासु सबैतिर बिक्री हुन्छ । हाम्रो भोक शान्त पार्न दैनिक ट्रकका ट्रक राँगाभैसी भित्रिने गर्छ । मासुको स्रोत राँगामात्रै पर्याप्त नुहने भएकोले तराईतिरबाट बुढा भैंसी पनि आयात हुन्छ । त्यो भैसीको मासु स्वाद मानेर खान्छन् । बाहिरबाट राँगा भैसी ल्याइन्छन् चाहिँ कसरी रु यो धेरैलाई थाहा नहुन सक्छ ।
यसरी भित्रिन्छ भैंसी
तराईका विभिन्न ठाउँबाट भैंसीहरु ट्रकमा कोचेर काठमाडौको थानकोट झारिन्छ । एउटा ट्रकमा ४० भन्दा बढी साना भैसी कोचिन्छन् भने ठुला भैंसी २० वटा भन्दा बढी कोचिएर ल्याउने गर्छन् । ट्रकमा कोचिएर ल्याइने हुनाले भैंसीहरु ३ दिनसम्म भोकै हुन्छन । कोचिएको ट्रकमा उनीहरुले खाने त के सास फेर्नेसम्म पाउँदैनन् । त्यो क्रममा कुनै भैंसी मर्न पनि सक्छन् । केही दिन अघि पशु क्वारेन्टाइनले ११ वटा मरेका खसी जफत गरेको थियो । जहाँ अनुगमन हुँदैन त्यहाँ कति राँगा, भैंसी मरेका हुन्छन् थाहा हुने कुरा भएन ।
ट्रकको यात्रामा भैंसीको सिङ, पुच्छर र मुख डोरीले बाँधिन्छ । भैंसीलाई त्यति लामो यात्रामा बस्न दिइँदैन । बस्न लागे तिखो हतियारले रक्ताम्य हुने गरी घोचिन्छ । ताकि भैंसी नबसून् । अरुको पेट भर्न काठमाडौं ल्याइने भैंसीहरु आफैचाहिँ भोकै हुन्छन् ।
अग्लो ट्रकबाट झार्दा भैसीहरु भुईमा पछारिन्छन, रक्ताम्य भएको शरीर लिएर छट्पटिन्छन् । रिंगटा र भोकले थरथर काप्दै भुइमा थचक्क बस्छन् । यद्यपि साँघुरो ट्रकको डाला र डोरीबाट मुक्त हुँदा सम्भवतः भैंसीले स्वतन्त्रता पाएको महशुस गर्छन् होला । तर त्यो स्वतन्त्रता उनीहरुको अन्तिम हुन्छ । अर्थात यसरी झारिएका भैंसी केही समयमै मासुकालागि मारिन्छन् ।
थानकोटको भैंसी राख्ने ठाउँमा देखिने अधिकाशं भैंसीहरु दुध दिन छोडेका, बुढा थारा र रोगले सताएका देखिन्छन् । तिनै रोगी फोहोरी भैंसीहरु काठमाडांैको सबैको मनपसन्द मोमोका डल्लामा ‘प्याक’ हुन्छन् । व्यापारीहरु तराईको जिल्लाहरु बारा, पर्सा, रौतहटलगायत अन्य ठाउँमा गएर भैसी जम्मा गर्छन् । अनि ट्रकमा हालेर काठमाडौं ल्याइन्छन् ।
थानकोटमा तराईबाट ल्याएको भैंसीहरुको बथान छ । हिलो र गोबरमा लतपतिएको भैंसीहरु पराल खाईरहेका हुन्छन् । व्यापारीहरुका अनुसार काठमाडौंको थानकोटमा दैनिकजसो तीन सय भन्दा बढी भैंसी ल्याइन्छन् । यो संख्या कुनै कुनै दिन घटबढ भईरहेको हुन्छ । ‘काठमाडौको केही मोमो व्यापारीहरुले थानकोटबाट सिंगै भैंसी किनेर लैजान्छन त केहीले मासु नै लैजान्छन’ थानकोटका एक भैसी व्यापारीले बताए ।
व्यापारीहरुको अनुसार भैसीको मूल्य वजनअनुसार हुन्छ । सामान्यतः २० देखि २५ हजार पर्छ । ललितपुरको लुभुदेखि भक्तपुरको बोडे र काठमाडौंको विभिन्न ठाउँमा वधशाला छन् । मम पसलेहरु त्यही पुगेर मासु लैजान्छन् ।
पशु अधिकार उल्लंघन
ट्रकमा रक्ताम्य हुने गरी भैंसी ल्याउनु पशुअधिकारविरुद्ध हो । यसरी ल्याइने भैंसीको मासु स्वास्थ्यको दृष्टिले पनि राम्रो हुँदैन । यस्तो मासु उपभोगले विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । जनावरहरुको हितमा काम गरिरहेको एनिमल नेपालका प्रोग्राम म्यानेजर कपिल काफ्ले भन्छन्, ‘नेपालमा पशु अधिकारकोपक्षमा आवाज उठाउने संस्थाहरुको दबाब पछि महानगरपालिकाले काठमाडौं बाहिर वधशाला बनाउने निर्णय गरेको छ ।’

मासुका पारखीहरु धेरै छन् । मासुका धेरै परिकार बन्छन् । स्वभाविक नै हो यस्ता परिकारले धेरैको मुख रसाउँछ । अझ सदरमुकाम आएर चल्तिका मःम रेस्टुरामा पुगेर मःमका डल्ला नचाख्ने कमै हुन्छन् । राँगाको मासु नखानेहरु कतिपय मोमो भने खान्छन् । यसबाट पनि मासुको परिकारको लोकप्रियता प्रष्टिन्छ ।
No comments