विद्युत प्राधिकरण हेटौँडाको कार्यलय सहयोगी घुस सहित रंगेहात पक्राउ
हेटौँडा,४ असोज
विद्युत प्राधिकरण हेटौँडा वितरण शाखाका कार्यलय सहयोगि धनबहादुर विक ३२ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । हटियाको चिसापानीमा विद्युत मिटर जडान गर्नको लागि सेवाग्राहि सँग ३२ हजार घुस मागेपछि अख्तियारलाई जानकारी गराई उनलाई पक्राउ गरिएको हो । उनलाई विद्युत प्राधिकरण नजिकै चिया पसलबाट घुस सहित पक्राउ गरिएको हो । उनी सहित रकम मिलाउन सहयोग गरेका इलेक्ट्रीसियन विष्णु चौलागाइलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ । सात हजार पर्ने मिटर जडानको लागि चिसापानीका एक सेवाग्राहिसँग ३२ हजार मागेपछि उनले विप्लव नेतृत्वको नेकपा माओवादीसँगको सहकार्यमा अख्तियारमा सम्पर्क गरेका थिए । अख्तियारले पनि फोन सम्पर्क मार्फत घुस मागेको प्रमाणीत भएपछि कार्यलयकै सहयोगमा उनलाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ गर्नको लागि इनिस्पेकटर ढुण्डीराज न्यौपाने र अख्तियारका विदुर सिवाकोटी सहितको टोली पुगेको थियो ।

No comments