Header Ads


‘छक्का पञ्जा ’अर्गानिक मुभि होः दिपा श्री

हेटौँडा, २० भदौ
भदौ २४ गतेदेखि देशभर प्रर्दशन हुन लागेको चलचित्र छक्का पञ्जा बेरोजगार युवाहरुमा र वैदेशिक रोजगारमा आधारित भएको बताइएको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै छक्का पञ्जा युनिटले सो बताएको हो ।
कार्यक्रममा बोल्दै चलचित्र छक्का पञ्जाकी निर्देशक दिपाश्री निरौलाले दिपक–दिपाको ब्यानरमना बनेका अघिल्ला चलचित्रहरु ‘६ एकान ६ ’ र ‘वडा नम्बर ६ ’ बाट पार्ईएको माया , उत्साह , हौसला र प्रतिक्रियाहरुले गर्दा नै यस चलचित्र बनाईएको बताइन् । बेरोजगार युवाहरु र वैदेशिक रोजगारमा आधारित यस चलचित्रलाई पृथक ढंगले प्रस्तुत गरिएको उनले बताइन् । चलचित्र ९० लाखको लगानीमा तयार भएको र चलचित्र प्रदर्शन हुनु अगाबै सो भन्दा बढी रकम उठाइसकिएको दिपाले बताइन् ।  कार्यक्रममा बोल्दै चलचित्रका निर्माता एवं कलाकार जितु नेपालले चलचित्रको अवधि २ घण्टा २० मिनेट रहेको र चलचित्र हेरिरहँदा दर्शकलाई अल्छी नलाग्ने बताए । चलचित्रले सुदुरपश्चिम समाजलाई समातेको पनि नेपालले बताए । कार्यक्रममा बोल्दै चलचित्र वितरक एवं निर्माता नरेन्द्र महर्जनले भाद्र २४मा अरु कुनै चलचित्र प्रदर्शन नहुने भएकोले यस चलचित्र दर्शकले सहज रुपले हेर्न पाउने बताए ।
कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका उपाध्यक्ष प्रकाश दाहालको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा चलचित्र छक्का पञ्जाकी निर्देशक दिपाश्री निरौला , चलचित्र छक्का पञ्जा निर्माता एवं जितु नेपाल ,चलचित्र वितरक एवं निर्माता नरेन्द्र महर्जन ,  चलचित्रका कलाकार दिपक अधिकारी , पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रताप विष्ट , चलचित्र पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष कपिल खड्का , पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरीजा अधिकारी , पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगर लगायतको उपस्थिती रहेको थियो ।

No comments

Powered by Blogger.