Header Ads


भरतपुर अस्पतालमा भोलीबाट कर्मचारीले आन्दोलन गर्ने

चितवन, २६ भदौं
 भरतपुर अस्पतालमा भोली देखि कर्मचारी युनियनले आन्दोलन गर्ने भएका छन् ।
आफ्नो मागलाई वेवास्ता गर्दै मौन गरेको गरेको भन्दै अस्पताल विकास समिति कर्मचारी युनियन भरतपुर अस्पतालमा चारण बद्ध आन्दोलन सुरु गर्न लागेको हो ।

कर्मचारी युनियनले भरतपुर अस्पताललाई ५ बुदेँ मागसहित भरतपुर अस्पतालाई दिएको ७ दिने अल्टिमेटमा अस्पताल प्रशासन मौन बसेपछि कर्मचारी युनियन आफुहरु बाध्य भएर आन्दोलन जानु परेको एक विज्ञप्ती मार्फत जनाएको छ ।

आन्दोलनका कार्यक्रम अन्र्तगत भोली सोमबार पहिलो १० बजेबाट ११ सम्म सबै कर्मचारी आफ्नो डियूटीबाट बाहिर निस्कीएर ओपिडि भवन अगाडी वसेर कुनै पनि काम नगरी आन्दोलन गर्ने युनियनका अध्यक्ष अध्यक्ष डा। उन्नत श्रेष्ठले जानकारी दिए । भोली सोमबार २७ गते ३१ गते सम्म प्रत्येक दिन १ घण्टा समय थप गर्दै विरोध जाने जनाएको छ । भने ३१ ग्ते सम्म पनि माग पुरा नभए थप स।घर्षका कार्यक्रम घोषण गर्ने जनाएको छ । साथै यसबाट विरामीहरुमा पर्ने जाने असर प्रति कर्मचारी युनियनले क्षमा याचना समेत गरेको छ । यसअघि विभिन्न ५ बुदेँ माग राख्दै भरतपुर अस्पताललाई ध्यानर्कषण गराउदै आफ्ना माग तत्काल पुरा नभएर यहि भदौ २६ गते आन्दोलन गर्ने घोषण गरेको थियो ।

युनियनले नेपाल सरकारले तोके वमोजिम विकास समिति अनर््गत सबे कर्मचारीको समान तलब हुनुपर्ने, स्थायी भई ५ बर्ष पुरा भएका कर्मचारीको स्तउन्नती गर्नुपर्ने, स्थायि प्रक्रियामा रहेको सबैलाई स्थायि गर्नु पर्ने, ज्यालादारीमा काम गरेका कर्मचारीलाई कार्य मुल्याङ्गकन गरी करारमा लैजाने, अनिवार्य रुपमा युनियनसँग सरसल्लाह गरि काम गर्ने र पटक–पटक गरि युनियनसगँ भएका सम्झौता पुरा गर्नुपर्ने ५ बुदेँ मागमा उल्लेख छ ।

No comments

Powered by Blogger.