Header Ads


आजबाट दोश्रो थाहा महोत्सव सुरु

२९ भदौ
मकवानपुरको उत्तरी पर्यटकीय थाहा नगरमा आजबाट दोश्रो थाहा महोत्सव सुरु भएको छ । थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट सुरु भएको महोत्सवको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपचन्द्र विष्टले सुरु गरेको “थाहा” एक जागरण अभियान भएको बताए ।
रुपचन्द्र विष्ट एक असाधरण व्यक्तित्व रहेको स्मरण गर्दै ओलीले थाहा अभियन्ता विष्टको वाटोमा लागे मुलुकले निकै प्रगति गर्ने बताए । थाहा नगरपालिकासँग आफ्नो भावानात्मक नाता समेत रहेको बताउँदै ओलीले थाहा नगरको विकासको लागि एमालेको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
आफु प्रधानमन्त्री हुँदा थाहा नगरपालिकालाई पर्यटकीय नगर बनाउन बजेट समेत विनयोजन गरेको बताउँदै यहा आधुनिक कृषि प्रणाली तथा पर्यटनलाई बढवा दिनको लागि आफु अग्रसर हुने बताए ।
थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपा एमालेका केन्द्रीय नेताहरु, विभिन्न राजनीतिक दलका मकवानपुर प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । असोज ८ गतेसम्म चल्ने महोत्सवमा २१० वटा स्टलहरु रहेका छन् । 

No comments

Powered by Blogger.