बडादसैँको साइत सार्वजनिक, असोज २५ गते ८ : ४५ बजे शुभ
८ असोज/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ ।
यसवर्ष असोज १५ गते शनिबारबाट नवरात्र अर्थात् दसैँ सुरु हुँदैछ । सो दिन बिहान ८:३५ बजे घटस्थापनाको साइत राम्रो रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
असोज १६ गते आइतबार बिहान ८:३७ बजे पूर्व फर्केर झन्डा फेर्नु शुभ हुने समितिले जनाएको छ । असोज २० गते बिहीबार पचली भैरव यात्रा, असोज २२ गते शनिबार तुलजा भवानी यात्रा बिहान ७:३९ बजे र तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत ८:४५ बजे जुरेको छ ।
असोज २२ गते फूलपाती परेको छ । फूलपाती भित्र्याउनका लागि साइत आवश्यक नपर्ने अध्यक्ष गौतमको भनाइ छ । असोज २३ गते आइतबार महाअष्टमी र राति कालरात्रि, २४ गते सोमबार महानवमी पर्व परेको छ । असोज २५ गते मङ्गलबार दसैँको मुख्य दिन अर्थात् दुर्गाको प्रसाद लगाउने विजयादशमी परेको छ । “विजयादशमीका दिन बिहान देवी विसर्जनको साइत ८:२५ बजे र साइतमा भगवतीको टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि ८:४५ बजेको साइत शुभ छ, सामान्यतया राज्य सञ्चालकले शुभसाइतमा प्रसाद ग्रहण गर्नु राम्रो हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ, अन्यले त्यसदिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा र प्रसाद ग्रहण गर्न सक्छन्” – उनले भने । विजयादशमीकै दिन तुलजा भवानीको यात्रा ११:२७ बजे र स्थिरासनमा राख्ने साइत ११:५१ मा शुभ छ । खड्ग यात्रा पनि विजयादशमीकै दिन बिहान ११:५१ बजे राम्रो रहेको छ । असोज २९ गते शनिबार सबै बलि पूर्ति गरी टीका, जमरा र प्रसाद ग्रहण समाप्त हुनेछ । सोही दिन कोजाग्रत पूर्णिमा रहेको समितिले जनाएको छ । रासस

No comments