Header Ads


माया जाँच्ने कुनै एउटा कसि भए हुन्थ्यो

– यमनदेव उत्प्रेरक गजलकार
 माया जाँच्ने कुनै एउटा कसि भए हुन्थ्यो,
भाग्य लेख्ने कुनै एउटा मसि भए हुन्थ्यौ ।
बिताउन बाँकी जीवन हाँसीखुसी साथ,
तिमी मेरो जीवनको शशी भए हुन्थ्यो ।
भन्ने छैन तिमीलाई कति माया गर्छु भनि,
 तिमै्र मनले बुझिदिने दशी भए हुन्थ्यो ।
सम्झौतामा माया प्रेम गर्न सकिदैन, बरु मेरो मृत्यू तिम्ले डसी भए हुन्थ्यो ।
– हेटौँडा–१०, मकवानपुर

No comments

Powered by Blogger.