Header Ads


अर्थमन्त्री महरा बुधवार पाकिस्तान जाने

भदौ ७ 
 उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तान जाने भएका छन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री महरा बधवार पाकिस्तान जान लागेको उनका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिए।

अर्थमन्त्रीस्तरीय सम्मेलन राजधानी स्लामावादमा बिहीवार र शुक्रवार हुनेछ। सम्मेलन सार्क क्षेत्रको व्यापार सहजीकरण तथा लगानी प्रवद्र्धनका मुद्दामा केन्द्रित हुने छ।

सम्मेलनमा मन्त्रीस्तरीय बैठकपछि दक्षिण एसियाली मुलुकको पूर्वाधार विकासका लागि सार्क विकास कोषको सञ्चालनका सम्बन्धमा सहभागी मन्त्रीबीच छलफल हुने कार्यक्रम छ।

No comments

Powered by Blogger.