Header Ads


शाहीलाई रिहा नगरे भदौ १६ र १७ गते मकवानपुरमा शैक्षिक हड्ताल

हेटौँडा,१३ भदौ
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला कमिटी मकवानपुरले आफ्ना जिल्ला सचिव प्रेम शाहीलाई रिहा नगरे भदौ १६ र १७ गते मकवानपुरको शैक्षिक हड्ताल गरिने जनाएको छ ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि क्रान्तिकारीका मकवानपुर इन्चार्ज प्रल्हाद गौतमले गत श्रावण ३१ गते जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यलाई कालोमोसो लगाएको नेकपा माओवादीले जिम्मा लिएको अवस्थामा समेत आफ्नो संगठनको सचिवलाई विना आधार पक्राउ गरि हालसम्म रिहा नगरेकोले आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै गौतमले शाही निर्दोष रहेको र विना प्रमाण प्रहरी प्रशासनले म्याद थप गर्दै राखेकोप्रति आपत्ती ब्यक्त गरेका छन् । शाहीलाई रिहा नगरे देशभरनै आन्दोलन गर्ने गौतमले चेतावनी समेत दिए । पत्रकार सम्मेलन क्रान्तिकारीका जिल्ला उपाध्यक्ष अनिल बर्तौलाको अध्यक्षतामा भएको हो ।

No comments

Powered by Blogger.