माओवादीबाट मन्त्री बनेका श्रीपाली र चौधरी को हुन्रु
काठमाडौं, साउन २१नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन्। साथै माओवादीका तीन र कांग्रेसका दुई जना मन्त्रीले पनि सपथ लिएका छन्।
माओवादी केन्द्रले सपथ खुवाएका मन्त्रीमध्ये कृष्णबहादुर महराबाहेक दुई जना पूर्वलडाकु र सीमान्तकृत समुदायका छन्।
युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपाली ‘जनसेना’ पूर्व कमान्डर हुन्। युद्धका क्रममा नै ब्रिग्रेड कमान्डर भएका श्रीपाली शान्ति प्रक्रियापछि तत्कालीन जनसेना प्रमुख नन्दकिशोर पुनको नेतृत्वको सैनिक प्रतिष्ठान हात्तीखोरमा सहायक डिभिजन कमान्डरसम्म बने। उनी माओवादीका समानुपातिक सांसद हुन्।
पश्चिम नेपालका थारु समुदायका गौरीशंकर चौधरी पनि पूर्व लडाकु हुन्उ। नी सातौं डिभिजनमा ब्रिगेड कमान्डर थिए िउनी कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्


No comments