विराटबारे सोध्दा रिसाइन् अनुस्का
वलिउड नायिका अनुस्का शर्मा र भारतीय टेस्ट क्रिकेटका कप्तान विराट कोहली पुनः प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ । यसै विषयमा एक अन्तर्वार्तामा अनुस्कालाई विराट र उनको सम्बन्धबारे प्रश्न गर्दा रिसाएकी छिन् ।
शुरुमा त उनले प्रश्नको उत्तर नदिन कुरा अर्के तर्फ मोड्न खोजेकी थिइन् । तर, उनलाई दोहोराएर सोही कुरा सोधिएपछि निकै क्रुद्ध बनिन् ।
उनले भनिन्, ‘मैले धेरै चोटी भनिसकेको छु, म मेरो सम्बन्धको बारेमा ‘ओपन’ छु । म यसलाई म्याचुअर तरिकाले लैजान चाहन्छु । हाम्रोबारेमा मानिसहरुले सँधै कुरा गर्छन्, कहाँ भेट्यो, कसरी भेट्यो । अरे भाई, यदी तपाईं कसैसँग डेट गर्दै हुनुहुन्छ भने पक्कै पनि भेट्नुहुन्छ नि, होइन रु कैसेले कसैलाई भेट्दैमा यत्रो ठूलो समाचार बनाइन्छ । मैले हालै चलचित्र हालियामा राम्रो अभिनय गरेँ । तर, हेडलाइन भने मेरो व्यक्तिगत जीवनको बारेमा बन्यो ।’
हलिउड नायिकाहरुको उदाहरण दिँदै उनले भनिन्, ‘हलिउडमा पनि नायिकाहरुलाई व्यक्तिगत जीवनको बारेमा प्रश्न सोधिन्छ । तर, यो कुनै अन्तर्वार्ताको एक हिस्सामा सिमिति हुन्छ । तर, यहाँ म जहाँ पनि जान्छु मेरो व्यक्तिगत जीवनको बारेमा मात्र सोधिन्छ । मसँग अन्तर्वार्तामा मेरो करियरको बारेमा सोधिनुपर्छ । तर, यहाँ बकवास प्रश्नहरुमात्र सोधिन्छ । सबै व्यक्तिगत जीवनबारे मात्र ।’

No comments