केसी अनसनको सहज र सरल निकास
आजको सम्पादकीय:
डा. गोविन्द केसीले अनसन सुरु गरेको १२औं दिन लाग्यो। उनको शरीर कमजोर मात्र भएको छैन, बेलाबेला स्वास्थ्य स्थिति एक्कासि गडबड हुन थालेको छ। शरीरले आफ्नो सीमाको प्रशस्त संकेत दिन थालेको छ। यसको गाम्भीर्य बुझेर अर्को २४ घन्टाभित्र डा. केसीको अनसनको व्यवहारिक निकास खोज्न जरुरी छ। सरकारले ११औं दिनमा आएर बल्ल सरकारी सचिवहरूको नेतृत्वमा वार्ताटोली बनायो। केसीले उठाएका दुइटा मागको समाधान नखोजी अब यो अनसनको निकास निस्कँदैन। पहिलो, अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको माग र दोस्रो, मनमोहनका नाममा काठमाडौंमा खोलिएको नाफामूलक निजी अस्पताल। यी दुवै मागबारे सरकारका सचिवहरूले कुनै परिणाममूलक वार्ता गर्न वा निर्णय लिन सक्दैनन्। त्यसैले, अन्ततः राजनीतिक नेतृत्वले नै निर्णय गर्नुपर्छ। मनमोहन अस्पतालको माग सिधा एमाले पार्टीसँग जोडिएको छ। आफ्नो जीवनभर गरिबको भलाइका लागि लडेका सादगी कम्युनिस्ट नेता मनमोहन अधिकारीका नाममा उनको स्वीकृतिबिना नाफाखोरी उद्देश्यका साथ निजी अस्पताल खोलिनु गलत मात्र हैन, अनैतिक काम थियो। मनमोहन अस्पताल र यससँग जोडिएका एमाले नेता र कार्यकर्ताको ठूलो पंक्तिको स्वार्थकै कारण डा. केसीले उठाएको चिकित्सा क्षेत्र सुधारको अभियान एउटा वा अर्को बहानामा सधैं रोकिँदै आएको छ। यति सरल तथ्य बुझ्न एमालेले धेरै ढिला गरिसक्यो, अब त्यो गल्ती सच्याउन ढिला गर्नु हुन्न। मनमोहन अस्पताललाई मेडिकल कलेज खोल्ने आसयपत्र सरकारले दिइसकेपछि एमाले नेता तथा कार्यकर्ताको ठूलो लगानी भएको साँचो हो। बैंकको ठूलो ऋण छ, त्यो पनि साँचो हो। अब मेडिकल कलेज चलाउन नपाउने हो भने यो अस्पताल डुब्छ, त्यो पनि साँचो हो।
तर, मनमोहन अस्पतालका सञ्चालकहरू राजेन्द्र पाण्डे, वंशीधर मिश्र लगायतको टोलीले धेरै एमालेहरुलाई पनि गुमराहमा राखेको कुरा चाहिँ के हो भने, व्यवस्थापकीय लगायत विभिन्न कमजोरीका कारण यो उठ्नै नसकिने गरी थलिएको अस्पताल हो। एउटा कुरा हेक्का राखौं, मेडिकल अस्पताल सञ्चालनको स्वीकृति पाउनुपूर्व त्यो अस्पताल कम्तीमा तीन वर्ष सफलतापूर्वक सञ्चालनमा आएको हुनुपर्छ। त्यो अस्पतालमा सम्पूर्ण भौतिक पूर्वाधारका अलावा पर्याप्त बिरामी हुनुपर्छ, र पर्याप्त डाक्टर–प्राध्यापकको व्यवस्था हुनुपर्छ। पाण्डे आफैं भन्दैछन्, यो अस्पताल डाक्टर, कर्मचारीलाई तलब खुवाउन नसकेर टाट उल्टिन लागेको छ। मेडिकल कलेज चलाउन नपाउँदैमा राम्रा निजी अस्पताल टाट पल्टँदैनन्। काठमाडौंमा नाम चलेका र दाम कमाएका नर्भिक, ग्रान्डी, ओम, बिएन्डबी, मेडिकेयर लगायत अस्पतालको मेडिकल कलेज छैन। उपत्यकामा दर्जनौं त्यस्ता साना–ठूला निजी अस्पताल छन्, जसले मेडिकल कलेजका नाममा विद्यार्थीबाट मोटो रकम असुल्न पाउँदैनन्। तैपनि ती अस्पताल चलिरहेका छन्, धेरै–थोरै नाफामै छन्। मनमोहन अस्पताल टाट उल्टिने अवस्थामा यस कारण छ, किनकि यो अस्पताल चलेकै छैन। यसले बिरामीको विश्वास नै आर्जन गर्न सकेन। त्यही भएर यो अस्पतालमा पर्याप्त बिरामी नै छैनन्। वास्तवमा भोलि बिरामी संख्या निष्पक्ष रूपमा जाँच गर्ने हो भने यो अस्पतालले बिरामी नपुगेका कारण मेडिकल कलेज चलाउने योग्यता नै हासिल गर्दैन।

No comments