निल हिरा समाज मकवानपुरद्दारा अन्तर्कृया कार्यक्रम सम्पन्न
साउन १४
नर्वेजियन प्रोजेक्टको आर्थिक सहयोगमा निल हिरा समाज शाखा कार्यालय मकवानपुरद्दारा आयोजित पत्रकारहरुसँगको अन्तर्कृया कार्यक्रम सम्पन्न भएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति हुने लाञ्छना तथा विभेद न्यूनिकरणमा सहयोग पुर्याउने हेतुले सञ्चालित कार्यक्रममा निल हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अवस्था, भोग्दै आएका समस्या लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो । अधिकारकर्मी सुमित पौडेलले संविधानको धारा १२ मा नागरिक्ताको हक, धारा १८ मा समानताको हक र धारा ४२ मा सामाजिक न्यायको हक, मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेटिएको र अब कार्यान्वयन हुन बाकी रहेको जानकारी दिनुभयो । अझै पनि त्यस्ता निकायहरु छन् ,जहाँ लैंगिक पहिचानकै आधारमा विभेद गरिन्छ । र सम्बन्धित निकायका व्यक्तिहरुले अझैपनि यस वर्गको पहिचानलाई बुझ्न नसकेकोे भन्दै अब संविधान कार्यान्वयनको लागि स्थानिय निकायदेखि नै आवाज उठाईदिन समेत पत्रकार समक्ष उनले अपिल गरे ।
कार्यक्रममा बोल्दै तेस्रोलिंगि भुनिया मियाले आफ्नो पहिचान सहित खुलेर आउदा आफ्नै घर परिवार र मुश्लिम धर्म अनुसार पनि आफुलाइृ गाह्रो भएको बताइृन् । वनको चरीहरु त खुल्ला आकाशमा उड्छन् तर आफु मान्छे भएर पनि धर्म संस्कार परम्परा र रुढिवादीको जन्जिरले बाधिएर पिजंडामा थुने सरि जिन्दगि बिताउनु परेको दुखेसो पोखिन् । अझै पनि यस्ता धेरै पहिचान गुमाएको र अधिकारको खोजिमा ओझेलमा परेको धेरै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाइृ मानव अधिकारभित्र समेट्नुपर्ने र व्यवहारिक रुपमै यि सबै कुरालाई लागु गर्नुपर्ने कुरालाई कार्यक्रममा जोड दिइएको थियो ।

No comments