Header Ads


सिंहदरवारमा चोरीः मन्त्रालयबाटै आइफोन र ल्यापटपसहित एक लाख गायब ?

१२ साउन, काठमाडौं । 
 मुलुककै प्रमुख प्रशासनिक निकाय हो सिंहदरवार । सेना, प्रहरी, गुप्तचरमात्रै होइन, सीसी टीभी क्यामराबाट समेत चौबिसै घण्टा

कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही सिंहदवारभित्र सुरक्षाको प्रवन्ध कति फितलो रहेछ भन्ने कुरा बुधबारको एक घटनाले चरितार्थ भएको छ । स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षभित्रैबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ नगद बुधबार दिउँसै गायब भएको छ । ‘कार्यालयमा आइसकेपछि मेरो कोठामा सामान राखें । अनि अर्को मिटिङमा गएँ । पैतालिस मिनेटपछि फर्किंदा सामान थिएन,’ उनले भने । उनले एक लाख रुपैयाँ आफूले ऋण तिर्नलाई ल्याएर आएको बताएका छन् । कर्मचारीहरुले नगद र ती सामान चोरी भएको बताएका छन् । तर, कसले चोर्‍यो भनेर खुलेको छैन । चोर पत्ता लगाउन प्रहरीले मन्त्रालयका सबै कर्मचारीहरुलाई खानतलासी गरेको छ ।

मन्त्रालयभित्र केही फेला नपरेपछि अहिले सिंहदरवारको दक्षिण गेटबाट बाहिरिनेहरु सबैको शरीर र झोला प्रहरीले खानतलासी गरिरहेको छ । मन्त्रीको गाडी बाहेक कार, भ्यान, मोटरसाइकल, साइकल, र पैदल यात्रुहरुलाई पनि प्रहरीले जाँच गरिरहेको छ ।

No comments

Powered by Blogger.