हावा गफ भन्थे तर निस्कदो रैछ त
सिन्धुली/श्रावण १०
केहि महिना अगाडी प्रधानमन्त्री के.पी शर्मा वलीले हावाबाट बिजाली निकाल्छु भन्दा धेरैले हावा प्रधानमन्त्री भनेर मजाक उडाय तर जनकपुर अंचलको चुरे ईलाकामा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम माढीबजारबाट पश्चिममा अवस्थित हरिहरपुरगढी गाविसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत् उत्पादन गर्न सकिने अध्ययन सार्वजनिक गरेको छ ।

उपाध्यायले भने, ‘एसियाली विकास बैंकको
आर्थिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत र
उपभोक्ताको १० प्रतिशतसहित कुल दुई करोड पाँच लाख ५५ हजार रुपैयाँमा कार्य
सम्पन्न हुनेछ ।' हावाबाट उत्पादन हुने बिजुलीबाट गाविसका ८३ घरधुरी
लाभान्वित हुने जिविस सिन्धुलीले बताएको छ ।
उता हावाबाट बिजुली निकाल्ने काम सुरु
हुने भएपछि स्थानीय खुसी भएका छन् । हरिहरपुरगढीका स्थानीय श्याम तामाङ्ग
भन्छन, ‘हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने सुनेका थियौं तर अब आफ्नै
गाउँमा चाँडै बिजुली उत्पादन हुने भयो ।' हावाबाट बिजुली निकाल्ने सुन्दा
गाउँलेले सुरु–सुरुमा विश्वास नगरेको भए पनि अहिले भने खुसी हुन थालेको
तामाङ्ग बताउँछन् ।
सिन्धुलीको महादेवडाँडा गाविसमा हावाबाट बिजुली निकाल्न हावा मापन गर्न जडान गरिएको टावर ।
यस गाविसमा हालसम्म राष्ट्रिय प्रसारण
लाइएन पुग्न सकेको छैन । हरिहरपुरगढी गाविसमा यसै वर्ष काम सुरु हुँदैछ भने
जिल्लाको महादेवडाँडाँमा पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हावा
मापनयन्त्र राखेर हावाको गति नाप्ने काम गरिरहेको छ । अध्यनपछि यस स्थानबाट
पनि बिजुली निकाल्ने कार्य सुरु गरिने जिविस सिन्धुलीले जानकारी दिएको छ ।
साभार: अन्नपूर्ण पोस्टबाट
साभार: अन्नपूर्ण पोस्टबाट
No comments