गौतमबुद्ध, निजगढ र पोखरा विमानस्थ निर्माणमा १४ अर्ब विनियोजन
काठमाडौं : सरकारले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसैगरी यसै बर्ष निजगढ विमानस्थल निर्माणको टेन्डर गर्ने सरकारको लक्ष्य छ । साथै आगामी चार वर्ष भित्र पोखरा क्षेत्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । तीन वटै विमानस्थलको काम कै लागि सरकारले यस वर्ष १३ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले गत वर्षका पनि वजेट सार्वजनिक गर्दै निजगढ विमानस्थलको लागि आवश्यक जग्गा प्राप्ति र मुआब्जा वितरणका लागि भन्दै एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
यसैगरी गत वर्ष पनि सरकारले पोखरा क्षेत्रिय विमानस्थल चार वर्ष भित्रमा सम्पन्न गर्ने गरी ५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने गौतम बुद्ध विमानस्थलको निर्माण २०७४ माघ सँग सम्पन्न गर्ने गरी सात अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

No comments