चार प्रदेशका ४६१ स्थानीय तहमा कार्यालय स्थापना हुँदै, जेठ २८ बाट मतदाता परिचयपत्र वितरण
काठमाडौं । स्थानीय तहको दोस्रो चरणको तयारी निर्बाद रुपमा चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचनको नतिजा लगभग अन्तिम चरणमा पुगेको र दोस्रो चरणको निर्वाचनको तयारी तीव्र पारिएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।
शर्माका अनुसार जेठ ६ गते दोस्रो चरणको निर्वाचन हुने प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र सोमबार ४६१ स्थानीय तहमा कार्यालय खोल्ने आयोगको तयारी छ । निर्वाचन कार्यतालिका अनुसार १९ उमेदावर मनोनयनको प्रक्रिया सुरु हुनेछ । पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणमा पनि उमेदवार र मतदातको उत्साहपूर्ण सहभागी हुने आयोगको अपेक्षा छ ।
आयोगले यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने आयोगले जनाएको छ ।
मतदाता आफूले मतदान गर्ने केन्द्रमा उपस्थित भई मतदाता परिचयपत्र लिन सक्ने छन् ।
आयोगका अनुसार आफैं उपस्थित हुन नसक्ने अवस्थामा परिवारको सदस्य हो भन्ने यकिन भएपछि परिवारका सदस्यलेसमेत आफ्नो परिवारका सदस्यको मतदाता परिचयपत्र लिने बताइएको छ ।
मतदाता शिक्षा निरन्तर
आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन मतदान केन्द्रहरुमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको बताइएको छ । मतदाता शिक्षाका लागि नमूना मतपत्रको व्यवस्था गरिएको र नमूना मतपत्रमा नै मत सङ्केत गर्ने तरिका सिकाइने आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मतदातालाई सक्कली मतपत्रका बारेमा समेत अग्रिम जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिने छ ।

No comments