हेटौंडा उपमहानगरमा मेयर महत र उपमेयर लामा निर्वाचित
हेटौंडा, १० जेठ । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत र उपमेयरमा मीना लामा निर्वाचित भएका छन् । भर्खरै सकिएको वडा नम्बर ११ को अन्तिम मतगणनापछि उनीहरु मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । महतले ६ सय १५ मतले काँग्रेसका आनन्दराम पराजुलीलाई पराजीत गरेका हुन् । महतले कूल मत २३ हजार १ सय २४ प्राप्त गरेका थिए भने पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए । उपमेयरमा लामाले काँग्रेस माओवादी गठबन्धनका बलराम बललाई ६ हजार ४ सय २५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । लामाले २३ हजार ४ सय ३६ र बलले १७ हजार ११ मत प्राप्त गरेका थिए । त्यस्तै मेयरमा नै राप्रपाले ६ हजार ८ सय ५७ र नयाँ शक्ति र संघीय समाजवादी गठबन्धनले ११ सय ६ मत प्राप्त गरेका थिए । मेयर पदकालागि खसेका ७ हजार ५ सय ८२ मत बदर भएको छ ।
No comments