गौतमलाई बचाउन सबैको सहयोग
हेटौंडा जेठ १४,
हेटौंडा १ चौकीटोल घर भएका २८ बर्षिय गौतम गुभाजुको दुबै मृगौला फेल भएपछि साथीहरुको पहलमा सहयोग रकम जुटाईएको छ । केहि समय देखि डाइलोसिस गराइ रहेका गौतमको दुबै किड्नी झन खराब हुदै गए पछि डाक्टरले किड्नी ट्रास्पाल्टको लागि सिफारिस गरेका थिए । उपचारमा राहत होस भन्ने हिसाबले गौतमका साथीहरुले सहयोग अभियान चलाए थिए । पिडितका लागि दक्षिण कोरीयाबाट जे.के श्रेष्ठ र राजेश श्रेष्ठ लगायत अन्य प्रबासीहरुले ९८ हजार सहयोग जुटाएका थिए । अस्ट्रेलियाका बिरोज थिङ,शुशिल डंगोल लगायत अन्य नेपाली साथीहरुबाट ७७ हजार ६ सय संकलन भएको र पिडितलाई हस्तान्तरण गरेको फिरोज खानले बताउनु भयो । मनै देखि गौतमलाई बचाउन सहयोग गर्ने सबैलाई अभियानको तर्फबाट धन्यबाद
No comments