कस्तो थियो सन् १९६२ को भारत–चीन युद्ध ,के इतिहास फेरि दोहोरिएला ?
अधिकांशले भारत र चीनबीच अहिले उत्पन्न भएको विवादलाई सन् १९६२ को युद्धसँग जोडेर हेर्ने गरेका छन् । यसका पछाडिको ऐतिहासिक पृष्ठभूमि लगभग साठी वर्ष पुरानो छ ।
सन् १९६२ को भारत–चीन युद्धको मूल कारण भारत–चीन सीमा विवाद नै हो । तिब्बतमा सन् १९५९ मा भएको विद्रोहपछि भारतले तिब्बती धार्मिक नेता दलाई लामालाई शरण दियो । यो घटनासँगै भारत–चीनको सीमाक्षेत्रमा हिंस्रक घटनाहरूको एउटा सिलसिला सुरु भयो । भारतले त्यतिखेर म्याकमहोन सीमारेखासँग जोडिएका क्षेत्रमा सैनिक चौकीहरू स्थापित गरेको थियो । सन् १९१४ मा बेलायत र तिब्बती सरकारबीच सिमला सम्झौताअन्तर्गत कोरिएको सीमारेखालाई म्याकमहोन सीमारेखा भनिन्छ । केही वर्ष विवादित भए पनि पछि आएर भारत स्वतन्त्र हुनुअघि नै सन् १९३७ मा ‘सर्वे अफ इण्डिया’ ले तयार पारेको एउटा मानचित्रमा म्याकमहोन रेखालाई आधिकारिक भारतीय सीमारेखाका रूपमा देखाइएको छ । तर चीनले भने तिब्बत चीनको अंग भएको र स्वतन्त्र देश नभएकाले तिब्बतसँग गरिएको यो सम्झौता आफूलाई मान्य नहुने बताउँदै म्याकमहोन सीमारेखालाई अस्वीकार गर्छ ।
सन् १९५९ मा चीनका तत्कालीन राष्ट्रपति चाउ एन लाईले तयार पार्न लगाएको चीनको आधिकारिक नक्सामा म्याकमहोन रेखादेखि दक्षिणतर्फको ५६ हजार वर्गमिल क्षेत्रलाई तिब्बत स्वायत्त क्षेत्रकै भूभागका रूपमा उल्लेख गरिएको छ र यसलाई दक्षिणी तिब्बत भनेर प्रचार गरिँदै आएको छ । यही नक्साका आधारमा भारतको अरुणाचल प्रदेशलाई चीनले दक्षिणी तिब्बत मान्छ र यो आफ्नो भूभाग हो भनेर दाबा गर्छ । भारतको अरुणाचल राज्य पूर्वी सीमामा भूटान र म्यान्मारको बीचमा पर्छ । सन् १९६२ मा भारतले म्याकमहोन रेखालाई आधार मानेर सीमाक्षेत्रमा आफ्ना चौकीहरू स्थापना गरेपछि भारत र चीनबीच सीमायुद्ध भएको थियो ।
२० अक्टोबर १९६२ मा भारतको लद्दाख र म्याकमहोन रेखाभन्दा यताको क्षेत्रमा चीनले एकसाथ हमला सुरु गरेको थियो । चीन त्यतिखेर शक्तिशाली देखिएको थियो र भारतका केही भूभाग उसले कब्जा गरेको थियो । एक महिनापछि चीनले युद्धविरामको घोषणा गरेर विवादित क्षेत्रमध्ये एक ठाउँबाट आफ्ना सेनालाई फिर्ता लगेको थियो । चीन फिर्ता भए पनि भारतका एक दुई ठाउँ चाहिँ यो युद्धपछि सधैका लागि चीनको नियन्त्रणमा गए । सन् १९६२ को भारत–चीन युद्ध कठिन परिस्थितिमा भएको लडाइँका रूपमा चिनिन्छ । यो युद्धमा धेरैजसो लडाइँहरू १४ हजार फिटभन्दा माथिको अत्यधिक चिसो क्षेत्रमा भएका थिए । यो युद्धमा चीन र भारत दुवैले नौसैनिक र वायुसैनिक बलको प्रयोग गरेका थिएनन् ।
यस पटक पनि चिनियाँ सैनिकहरूले अरुणाचल प्रदेश नजिकैको तिब्बती क्षेत्रमा सैन्य अभ्यास गरिरहेको समाचार आएको छ । तिब्बती धार्मिक नेता र चीनको कम्युनिस्ट सत्ताका विरोधी दलाई लामालाई भारतले आश्रय दिएकाले चीन भारतसँग औधी रिसाएको छ । यिनै अनेकौं कारणले गर्दा भारत र चीनबीच लामो समयदेखि सीमा विवाद कायम छ ।
चीन र भारतको बीचमा एउटा लामो सीमा छ । यो सीमा हिमालय पर्वतको रेन्जसँगै पूर्वदेखि पश्चिमसँग जान्छ । केही भूभागमा यो सीमाको बीचमा नेपाल र भूटान पर्छन् । यो सीमा पूर्वमा म्यान्मारसम्म पुग्छ भने पश्चिममा पाकिस्तानसम्म फैलिन्छ । यो सीमामा अनेकौं विवादित क्षेत्र छन् ।
सन् १९६२ को भारत–चीन युद्धमा एक प्रकारले भारतको हार नै भएको थियो । त्यसैले गर्दा भारतीय सेनामा व्यापक परिवर्तनका लागि दबाब पर्यो र भविष्यमा यस्ता युद्ध भए भने कसरी सामना गर्ने भन्ने विषयले भारतमा राष्ट्रिय बहसकै रूप लियो । त्यतिखेर भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू थिए । उनीमाथि चीनको बढी विश्वास गरेको आरोप लाग्यो । भारतमा देशभक्तिको तीव्र लहर उठ्यो । तत्कालीन भारतीय राष्ट्रपति राधाकृष्णनले नेहरू सरकारको आलोचना गर्दै सेनाको तयारीमा लापरवाही गरेको र अपरिपक्व काम गरेको टिप्पणी गरे । यो हारपछि पटकपटक विवादित बन्दै आएका तत्कालीन रक्षामन्त्री कृष्ण मेननले पदबाट राजीनामा दिनुपर्यो । यहीँबाट आम भारतीयमा समेत चीनप्रति घृणाको भावना पैदा भयो र भारतमा चीनविरोधी एउटा लहर नै उठ्यो, जसको प्रभाव आजसम्म पनि कायम छ । भनिन्छ, चीनप्रति आफूले विश्वास गरेर शान्तिपूर्ण मित्रताको हात बढाउँदा बढाउँदै एक्कासि धोका पाएको अनुभवले नेहरू निकै दुःखी भए र यही चोटले १९६४ मा हृदयाघातका कारण उनको मृत्यु भयो । यसरी भारत र चीनबीच लामो वैमनस्य छ र यो वैमनस्यका कतिपय पाटा निकै दुःखद र त्रासदीपूर्ण छन् । भन्नु नपर्ला अहिलेको उन्मादका पछाडि यिनै पुराना घाउहरूको भूमिका पनि धेरै हदसम्म जिम्मेवार छ ।

No comments