Header Ads


विकासको मामलामा कम्परमाइज गर्दिन

बालकृष्ण दाहाल हेटौंडा जेठ १५, 
 वि.स. २०१८ साल बैशाखको २१ गते हेटौंडा–११ नवलपुरमामा जन्मेका पराजुली माता ज्ञानी पराजुली र पिता चन्द्रकान्त पराजुलीको जेठा सुपुत्र हुन । उनले स्थानिय विद्यालय त्रिभुवन माविमा  वि.सं. २०३७ सालमा एस एल सी उतिर्ण गरेका हुन् ।  प्लस टु सम्म अध्यन गरेका पराजुली पढ्नमा पनि मेधावी  थिए ।  २०४५ सालदेखि नै सामाजिक क्षेत्रमा  रहेका पराजुलीले आफुले सामाजिक कार्यलाई नै बढी महत्व दिने गरेको बिगत सम्झिन्छन् । वि.सं.२०५४ सालदेखि अनेरास्वियुबाट सक्रिय राजनिती सुरुवात गरेका उनी नेकपा एमाले पार्टीको विभिन्न तहमा रहि कार्यगरीसकेका छन । २०५४ को स्थानीय निर्वाचनमा वडा  अध्यक्ष समेत भएका उनले मलाई चिन्ने चाहे जुन विचारका हुन् सबैसँग मेरो व्यवहार सुमधुर र राम्रो छ आफ्नो कार्यकालमा कसैलाई पक्षपात नगरी वडाको विकासमा योगदान गरेको बताउछन । यो जितलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा उनी वडाअध्यक्ष बन्नु वडावासीको आफुप्रतिको विश्वास र समय संग संगै मानिसको चेतना स्तर बढ्दै गएको र जनता पैसा शक्ती र प्रलोभनमा भन्दा विकास र निकासलाई नै आत्मसाथ गरेको प्रती खुसी भएको बताए । ईमान्दारीतालाई सधै शिरोधार्य गर्दै विकासको काम गर्दै जाने हो भने सबैको वाह वाही पाइने र समउन्नत बडा बन्ने भएकाले विकासको मामलामा कम्परमाइज नगर्ने बताए । ५ बर्ष वडा अध्यक्ष भई सकेकाले आफुलाई आफ्नो वडाको समस्याहरु के के छन भन्ने कुराको पुर्ब जानकार रहेको उनी बताउछन  । लामो समय यातायात संघमा लागेका उनी  उधोग वाणिज्य संघको महासचिब र  नारायणी यातायात व्यवसायी संघमा २ कार्यकाल अध्यक्ष समाली सकेका छन । आर्थिक र सामाजीक रुपमा पारदर्शी भईदियो भने जनबिश्वास बढ्ने र लोकप्रिय भईदो  रहेछ जुन जुन संस्थामा काम गरे निस्बार्थ निस्कपट र ईमान्दारीताका साथ काम गरेकाले आफ्नो गरिमा र वर्चस्व कायम रहेको बताए । ५६ वर्षको उमेर सम्म मलाई चिन्ने चाहे जुन विचारका हुन् सबैसँग मेरो व्यवहार सुमधुर र राम्रो छ । उनी आफ्नो वडामा भएको सरकारी स्कुललाई निजी स्कुल सरह बनाउने र स्वास्थ्य क्लिनिकबाट दिईने सेवालाई आम बडावासीको पहुचमा पुर्याउने ,स्तरीय सडक,बिजुली र शुद्ध खानेपानीको समयस्या भएकोले छिठो भन्दा छिटो समाधान गर्ने साथै बेरोजगार युवा युवतीलाई  सीपमुलक तालिम प्रदान गरी स्थानीय क्षेत्रमा रोजगारीको ब्यबस्था गर्ने बताए । यसै वडा भित्र रहेको सिमलटार टोलमा अधिकांश भुमी बिहिन छन ०५२ सालमा केहि भुमीबिहिनलाई लालपुर्जा दिइएको थियो । त्यस पछि यो प्रकृया रोकियो त्यसैले अर्को महत्तपुर्ण पाटो त्यो पनि छ यदी उनीहरुको अन्यत्र बस्ने भुमी,आबस छैन र साच्चै उनीहरु भुमी बिहिन हो भने १ कठ्ठाको दरले जग्गा उपलव्ध गराउने बताए ।  जनताको प्रतिनिधि भएको बताउदै आफ्नो निकटतम उम्मेद्धारहरु संग कुनै आग्रहपूर्वाग्रह नराखी उनीहरुको समेत सहयोग लिएर वडाको विकासमा लागि पर्ने बताउछन ।

No comments

Powered by Blogger.