Header Ads


एउटै पदमा सासू–बुहारीको प्रतिस्पर्धा

१९ जेठ, आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका–१ मा एउटै पदका लागि सासूबुहारीको उम्मेदवार बनेका छन् । यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेका तर्फबाट सासू दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।  दुबैले  जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीनरचारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भनिन् ।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमायाले बताइन ।

No comments

Powered by Blogger.