२१ गते विहान ११ बजे प्रधानमन्त्रीको चुनाव, उमेदवारी दर्ता भोलि
४ जेठ १९ काठमाडौं
नयाँ प्रधानमन्त्रीको चुनाव असार २१ गते आइतबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिय सरकारका लागि दिएको सात दिनको समयसीमा सकिएपछि संसदमा बहुमतिय प्रक्रिया सुरु हुने भएको हो । आज शुक्रबार संसद सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका टाँसेको छ । बहुमतिय प्रक्रिया सुरु हुने पत्र संसदमा पढेर सुनाउनु पर्ने भएपछि नेकपा एमालेले संसद अवरोध गरेका कारण सम्भव नभएकाले सूचना टाँस गरिएको हो । यसअघि सभामुख ओनसरी घर्तीमगरले सहमतिय सरकारका लागि विभिन्न दलका नेताहरुसँग परामर्श गरेकी थिइन् ।
तर, सात दिनमा पनि सहमति नजुटेपछि बहुमतिय प्रक्रिया सुरु हुन लागेको हो । घर्तीले शुक्रबार पनि कार्यव्यवस्था परामर्श समिति र मुख्य दलका प्रमुख सचेतक तथा नेताहरुसँग छलफल गरेकी थिइन् ।
तर, सात दिनमा पनि सहमति नजुटेपछि बहुमतिय प्रक्रिया सुरु हुन लागेको हो । घर्तीले शुक्रबार पनि कार्यव्यवस्था परामर्श समिति र मुख्य दलका प्रमुख सचेतक तथा नेताहरुसँग छलफल गरेकी थिइन् ।
No comments